चौतारामा निशूल्क स्वास्थ्य शिविर

चौतारा, १२ कार्तिक- सिन्धुपाल्चोकको साँगाचोकमा क्यान्सरको निशूल्क स्वास्थ्य परीक्षण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा क्यान्सरको निशूल्क परीक्षण र औषधि बितरण गरिएको हो ।

नगरपालिकाका मेयर अमानसिंह तामाङले स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । शिविर उद्घाटनमा बोल्दै मेयर तामाङले मानव जीवनको पहिलो शर्त नै स्वस्थ जीवन रहेको बताए । उनले भने, ‘आफू रहे संसार रहन्छ । संसार रहे मात्र सम्पत्ति, परिवार र साथीभाइ रहन्छन् । त्यसैले आफू रहनका लागि पहिलो पाइला भनेकै स्वास्थ्य हो, त्यसैले शिविरको आयोजना गरेका हौं ।’

शिविरमा नगर उपप्रमुख जानुका पराजुलीले महिलाहरुलाई लक्षित गरेर शिविर आयोजना गरेको बताइन् । पराजुलीले भनिन्, ‘हामीकहाँ अहिले पनि रोगले च्यापेपछि मात्र अस्पताल जाने चलन छ । ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य परीक्षण आवश्यक ठानेर शिविरको आयोजना गरेका हौं । तयसले थोरै भए पनि बिरामीलाई राहत मिल्ने अपेक्षा गरेका छौं ।’

पराजुलीले शिविर सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । ‘शिविरको समन्वय गरी दिएकोमा थाहा फाउण्डेशन पोखरालाई हार्दिक धन्यवाद दिन चाहन्छु’ उपमेयर पराजुलीले भनिन्, ‘प्राविधिक सहयोग र जनशक्ति व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र बीपी कोइराला क्यान्सर अस्पतालप्रति आभार प्रकट गर्दछु ।’

कार्यक्रममा थाहा फाउण्डेशनकी अध्यक्ष सरु दाहाल अधिकारीले थाहा फाउण्डेशनले साँगाचोकमा स्वास्थ्य शिविरको समन्वय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै फाउण्डेशनका सदस्य तथा बिपी मेमोरियल क्यानसर अस्पतालका डा. किशोर प्रधानङ्गले क्यान्सरको लक्षण देखिने बित्तिकै उपचार गर्न सबैलाई आग्रह गरे ।

शिविरमा महिलाहरुको स्तन र पाठेघरको क्यान्सरको परीक्षण गरिएको थियो । छातिमा गिर्खा देखिने पुरुषहरुका लागि पनि स्वास्थ्य उपचारको व्यवस्था गरिएको दाहालले जानकारी दिइन् ।

उपचारपश्चात् सबै बिरामीलाई निशूल्क औषधि उपलब्ध गराएको उपप्रमूख पराजुलीले बताइन् । २ दिनसम्म सञ्चालन हुने शिविर मंगलबार जिल्लाको चौतारामा सञ्चालन भइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *