बागमतीमा बाइक दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको

कात्तिक ८,काठमाडौं । सरकारले बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो ।

‘बा ९९ प ९९९९’ नम्बरसम्म दर्ता भइसकेपछि लट नम्बर १०० मा दुईपांग्रे दर्ता गर्न नियमावली बाधक भएकाले विभागले दर्ता रोकेको हो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

‘नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गर्ने तयारी भइसकेकोे छ’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भने, ‘संशोधित नियमावली एक दुई दिनभित्रै राजपत्रमा सूचना प्रकाशित गरिनेछ ।’

प्रत्येक लटमा १० हजार मोटरसाइकल दर्ता भएपछि लट परिवर्तन गरिन्छ । सोहीअनुसार बागमती अञ्चलमा दर्ता पुगिसकेको छ ।

‘अब लट नम्बर १०० नै भएर आउँछ, ३ अंकको लट नम्बर अब निरन्तर अघि बढ्छ,’ विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले भने ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *