पत्रकार खशोग्गी हत्याले विश्वभर ल्याएकाे तरंग

टर्कीमा हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्याको विषयमा थप जानकारी लिन अमेरिकी अनुसन्धान विभाग (सिआइए)का निर्देशक गिना हास्पेल सोमबार टर्की प्रस्थान गरे। अन्तर्राष्टिय समाचार संस्था रोर्यटसले यो विषयमा चासो राखिरहेको स्रोतलाई उद्धृत गर्दै सिआइए निर्देशक टर्की प्रस्थान गरेको बताएको छ। लेखेको छ, ‘यो प्रकरण अब अझै धेरैका लागि चासो र चर्चाको विषय बन्दैछ।’

पत्रकार खशोग्गी साउदीका राजकुमार माेहम्मद बिन सलमानको कट्टर आलोचकका रुपमा चिनिन्थे। उनले अमेरिकाको भने खुलेर प्रशंसा गर्ने गर्थे। राजकुमारको आलोचक भएकै कारण उनको हत्या भएको आशंका गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाले यो विषयमा थप जाँच गर्न विज्ञ समूह टर्की पठाएको स्वीकारेका छन्। वासिङ्टन पोस्टका स्तम्भकारसमेत रहेका खशोग्गीको हत्याका विषयमा अमेरिकाले थप जानकारीहरु संकलन गरिरहेको ह्वाइट हाउसका वरिष्ठ सल्लाकार जेराड खुस्नेयरको भनाइ छ।

गएको हप्ता साउदी अरबले खशोग्गीलाई एक कार्यक्रममा भएको झगडाको दौरान मृत्यु भएको बताएको थियो र त्यसको उचित छानबिन गरेर हत्यारालाई सजाय दिन आग्रह गरेको थियो। तर अमेरिकी कानुन व्यवसायीहरुले उनको हत्या शंकास्पद रहेकाले यसको गम्भीर रुपमा जाँचपड्ताल हुनुपर्ने बताएका थिए।

खशोग्गीको अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदीको महावाणिज्य दूतावासको कार्यालयमा हत्या भएको थियो। खशोग्गी हत्या सम्बन्धीको समाचारमारसियन राष्ट्रिय समाचार संस्था स्पुतनिकले उनको हत्या सेप्टेम्बर २८ मा नै भएको थियो। स्पुतनिकले टर्कीका राष्ट्रपति रेसेप एर्दाेगानलाई उद्धृत गर्दै उक्त कुरा जनाएको हो।

उनको हत्यालाई राजनीतिक प्रतिशोधका रुपमा हेरिएको छ। उता अमेरिकाले टर्कीसँग खशोग्गी हत्या भएसँगै उनको हत्या सम्बन्धि प्राप्त सम्पूर्ण जानकारी आफूहरुलाई उपलब्ध गराउन अमेरिकाले आग्रह गरेको थियो। यस्तै पछिल्लो समय अमेरिकी सञ्चार माध्यमहरुले टर्कीले खशोग्गी हत्या सम्बन्धीत सम्पूर्ण विवरण अमेरिकालाई दिएको बताउने गरेका छन्। प्राप्त विवरणमा उनको हत्या भएको भिडियो पनि रहेको अमेरिकी सञ्चार माध्यमको दाबी छ।

उनको हत्यासँगै प्रगाढ रहेको अमेरिका साउदी अरबबीचको सम्बन्धमा नकारात्मक प्रभाव पनि परेको देखिन्छ। साउदी अरबको राजधानी रियादमा रहेका अमेरिकी परियोजनाका कर्मचारी तथा अधिकारीहरुले रियाद छोड्ने क्रम चलिरहेको छ। यस्तै, अमेरिकी विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेअाेले खशोग्गी हत्या सम्बन्धी सूचना संकलन गर्न आफ्ना मान्छे लागी परेको र अमेरिकाले आफ्नै मान्छेबाट प्राप्त गरेको सूचनालाई प्राथमिकताका साथ ग्रहण गर्ने बताएका छन्।

समाचारमा जनाइए अनुसार मृतक खशोग्गी टर्कीमा रहेकी आफ्नी ३६ वर्षीया महिला साथी हटिजेक चंगेजसँग विवाह गर्न चाहन्थे। उनीहरुको भेट गत मे महिनामा भएको अन्तर्राष्टिय सञ्चार माध्यमले बताएका छन्। त्यसैको तयारीका लागि उनी इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावास पुगेका थिए। तर, उनी त्यहाँबाट फर्किन भने सफल भएनन्। उनको हत्याराको चौतर्फी खोजी हुँदै गर्दा उनको हत्यामा संलग्न रहेको आरोप लागेका साउदीका राजकुमार र खशोग्गीको छोराबीच रियादमा भेट भएको बेलायती सञ्चार माध्यम द मिररले बताएको छ।

गत हप्ता अमेरिकी विदेशमन्त्री पोम्पेअाे साउदी पुगेर त्यहाँका राजा सलमानसँग खशोग्गीको हत्याको विषयमा छलफल गरेका थिए। मध्य एसियामा अमेरिकाको एक महत्वपूर्ण स्थायी मित्रको रुपमा रहेको साउदीसँगको बिग्रँदो सम्बन्धले अमेरिकालाई पनि फाइदा नपुग्ने अमेरिकी राज्य संचालकहरुले बुझेका छन्। इरानसँग टम्प प्रशासनको छत्तिसको आँकडा चलिरहेको अवस्थामा साउदीसँगको उसको सम्बन्ध नाजुक अवस्थामा पुग्दा अमेरिकालाई फाइदा पक्कै हुने छैन।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *