कुन खाद्य वस्तुमा के मिसाएर बेच्छन् कालोबजारीयाले

काठमाडौं । दशैं, उद्योगी र ब्यापारीको धेरै कमाउने समय नै हो । यही मौकामा धेरै मुनाफा आर्जन गर्नकै लागि व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड गर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । दसैं तिहारजस्ता चाडबाडमा झनै बढी उपभोक्ताहरु ठगिन सक्छन् ।

खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्यापारीहरुले सिधा नाङ्गो आखाले हेर्दा थाहा नहुने अखाद्य वस्तु मिसावट गरिरहेका छन् । बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भए पनि नियमक निकाय भने मौन छन् ।
खाद्य वस्तुको गुणस्तरमा कम आउन नदिन र गर्नेलाई कारबाही गर्ने निकाय भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो । विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीका अनुसार अहिले पछिल्लो समय खाद्य वस्तुमा दुई किसिमको मिसावट हुने गरेको छ । पहिलो परम्परागत मिसावट र दोस्रो आधुनिक प्रविधिबाट गुणस्तर नै कम हुनेखालका केमिकल मिसावट हुने गरेको छ ।

चामलमा चामल उत्पादन गर्ने मिल तथा उद्योगहरुले चामल जस्तै देखिने गरी ढुङ्गा तथा काठलाई मेसिनमा काटेर चामल जस्तै रंग पोलिस गरेर मिसावट गर्ने गरेका छन्

केमा के मिसाइन्छ ?

विभागका अनुसार चामलमा चामल उत्पादन गर्ने मिल तथा उद्योगहरुले चामल जस्तै देखिने गरी ढुङ्गा तथा काठलाई मेसिनमा काटेर चामल जस्तै रंग पोलिस गरेर मिसावट गर्ने गरेका छन् । यस्तो मिसावट उपभोक्ताले थाहा पाउन भने नसक्ने वस्तीको भनाइ छ ।

जब उपभोक्ताले खाँदाखेरि मात्रै यस्तो मिसावट भएको पत्ता लगाउन सक्छन् । त्यति मात्र नभई मिति सकिएको चामल पुनः हालेर पोलिस लगाई बिक्री गर्ने गरेको पाइएको छ ।

यस्तो प्रकृतिका चामल खाँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने उनको भनाइ छ । दूधमा पानी हाल्ने तथा नफाटोस् भन्नका लागि सोडा मिसावट गर्ने गरिएको विभागको भनाइ छ ।

दूध उत्पादन गर्ने डेरी उद्योगले सरसफाईमा ध्यान नदिँदा कोलिर्फमका जिवाणुदेखि केमिकलसमेत मिसावट हुने गरेको वस्ती बताउँछन् ।

त्यस्तै दालमा पनि दालजस्तै अखाद्य वस्तु मिसावट गरिरहेको उपभोक्ताहरुले आरोप लगाएका छन् । उद्योगी व्यवसायी तथा साना व्यापारीहरुले समेत हामीले तरकारीको स्वादकालागि प्रयोग गरिने बेसारमा विभिन्न प्रकारका अन्नको पिठो मिसावट गरेको पाइन्छ। त्यस्तै खुर्सानीको धुलोमा इँटाको मसिनो धुलाका कणहरु मिसावट भइरहेको छ ।

मसलाको धुलोमा काठ चिरान गर्दा निस्केका मसिना धुलाको कण प्रयोग गरिरहेको छन्। चियापत्तिमा पनि एकपटक प्रयोग गरिसकेको चियापत्ती पुनः सुकाएर प्रयोग गरिरहेको फेला पर्ने गरेको र उपभोत्ताबाट पनि गुनासो आउने गरेको उनको भनाइ छ ।

त्यस्तै तेलमा समेत मिसावट हुने गरेको छ । कतिपय तेल उत्पादन गर्ने उद्योग तथा व्यवसायीहरुले तोरी तथा सनफ्लावरको तेलमा भटमासको मिसावट गर्ने गरेको उपभोक्ताहरु बताउँछन् । तेलमा पाल्मोलिन ओयल समेत मिसावट गर्ने गरेको भेटिएको छ ।

यसरी थाहा पाउनुस्

प्रायःजस्तो खाद्य बस्तुमा अखाद्य बस्तु मिसावट भए नभएको थाहा पाउँन उपभोक्ता पनि सचेत हुनुपर्ने विभागको भनाई छ । दालमा मिसावट भए-नभएको दाल पकाउँदा नपाक्ने बस्तु धेरै फेला परेको अवस्थामा दालमा मिसावट भएको छ भनी थाहा पाउँन सकिन्छ । दालमा कलर गरिएको छ भने दालमा बढी रंग देखिन्छ ।

बेसारको मिसावट भने पानीमा हालेर थाहा पाउन सक्निछ । सामान्य त बेसार पानीमा राख्दा कलर देखिदैन । तर बेसारमा अखाद्य बस्तु मिसावट भएको छ भने पानीको रंग परिवर्तन हुन गरेछ र पानीमा घुलिने पनि गर्छ । तेलको मिसावट भने स्वादबाट नै थाहा पाउन सकिने बस्तीको भनाइ छ । मसालको मिसावट पनि पानीबाट थाहा हुन्छ ।

दुधको मिसावट भने गन्ध र त्यसको स्वादबाट उपभोक्ताले सिधै थाहा पाउन सक्छन् । परम्परागत मिसावट उपभोक्ताले थाहा पाउन सक्ने अवस्था रहे पनि केमिकल मिसावट भने ल्याव परीक्षण बाट मात्र थाहा पाउन सकिने बस्तीको भनाइ छ ।

विभागले गर्ने परीक्षण भने केही ढिला हुँदा उपभोक्ता मारमा परेको उनले स्वीकार गरेको छन् । परीक्षणको रिर्पोट आउँदा मिसावट भएको अखाद्य वस्तुसमेत उपभोक्ताको भान्छामा पुगिसक्ने गरेको छ । ल्यावको नतिजा आउने भने एक हप्ताको समय लाग्ने उनको तर्क छ ।

बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भएपनि यसको अनुगमन गर्ने निकायमा भने कुनै गुनासो नआएको खाद्य तथा गुण नियन्त्रण विभाग बताउँछ ।

नमुना संकलन भएका खाद्य बस्तु ल्याव परीक्षण नगर्दासम्म बिक्री वितराणमा जबसम्म सरकारले रोक लगाउन सक्दैन, तबसम्म मिसावट भएका खाद्य वस्तु पनि उपभोक्ताले उपभोग गरिसक्ने उनको भनाइ छ । सरकारी ऐन कानुनले गर्दासम्ते उपभोक्ता अखाद्य बस्तु उपभोग गर्न बाध्य भएको उनको भनाइ छ ।

बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भएपनि यसको अनुगमन गर्ने निकायमा भने धेरै गुनासो नआएको खाद्य तथा गुण नियन्त्रण विभाग बताउँछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रवक्ता वस्ती भन्छन, ‘बजारमा उद्योग तथा व्यवसायीले खाद्य वस्तुमा अखाद्य बस्तुको मिसावट गरिरहेको आवाज सुनिएपनि उपभोक्ताहरुले भने खासै गुनासो गर्दैनन्  ।( साभार: अनलाइन खबर)

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *