खसी बोका च्याङग्राको बिक्री शुक्रबारदेखि : खाद्य संस्थान

काठमाडौं– नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्रीवितरण सुरु गर्ने भएको छ।

नेपाल खाद्य संस्थानको थापाथलीस्थित बागमती अञ्चल कार्यालयबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्रीवितरण सुरु गर्ने जानकारी गराएको हो।

बागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहीबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आइपुगेको जानकारी दिए। भोलिसम्म मुस्ताङबाट १ हजार वटा च्याङग्रा र हेटौंडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने संस्थानको योजना छ। शुक्रबार बिहान ८ बजेदेखि खसी, बोका र च्याङग्रा बिक्री सुरु हुनेछ।

बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ। विष्टले बजारको भन्दा सस्तो मूल्यमा मासुको बिक्री हुने स्पष्ट पारे। बिहीबार बेलुकासम्म संस्थानले मासुको बिक्री मूल्य पनि निर्धारण गर्ने जनाएको छ।

संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ। यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङग्रा ल्याउन कठिनाइ भइरहेको पनि संस्थानले जनाएको छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *