नेपालप्रति ओलिको व्यंग-कहिलेकाही पुरानो गित याद आउन सक्छ

ग्लोबल खबर–  असोज १८, काठमाडौ    प्रधानमन्त्री केपी वलि स्वदेश फर्किएका छन्। राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते अमेरिका गएर ओली बिहीबार स्वदेश फर्किएका हुन्।

त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भ्रमण सफल र फलदायी भएको बताए।

उनी देश बाहिर रहेका बेला संसदमा सम्बोधनका क्रममा माधव नेपालले देश डुब्न लागेको भनेको प्रसंगलाई ओलीले व्यंग्यात्मक जवाफ फर्काएका थिए। पत्रकारहरुको जिज्ञासामा जवाफ फर्काउँदै उनले भने, ‘बोल्दै जाँदा पुरानो गीतहरु सम्झनामा आउँछ’, त्यसैलाई ठूलो कुरा बनाउनुपर्ने केही पनि छैन।’

‘के कुरामा अलिकति चित्त बुझेको हुँदैन। कविमनले कवितामा, लयात्मक ढंगले केही कुरा भनिहालियो भने त्यसैलाई समातेर कुदिहाल्नुपर्ने केही छैन’, प्रधानमन्त्री ओलीले भने’, उहाँ (माधव नेपाल)सँग आफ्नो सम्बन्ध २९ सालदेखि लगातार छ। घनिष्टता र मित्रता छ। सँगै काम गरेका छौं। सम्बन्धमा चिन्ता छोडेर ढुक्क हुन आग्रह गर्छु।’

उनले सरकारको गति सबैले देखेको स्मरण गराउँदै सरकार पाँच वर्ष चल्ने, चुनाव गराउने र अझ बलियो भएर आउने बताए।

उनले अहिलेको बजेटले साउन र भदौ गरी जम्माजम्मी दुई महिनामात्रै काम गर्न पाएको भन्दै यो भएन र त्यो भएन भनेर आलोचना गर्नु जरुरी नभएको बताए। ‘मानिलिऊ, नेपाल गरिब यो सात महिनामा भएको हो जस्तो गरेर, नेपालका बाटा सात महिनामा नबनेका हुन्, पहिले त बाटैबाटा थिए, पिचैपिच थिए, चौडा बाटाहरु थिए जस्तो गरेर जो चर्चा गरिन्छ’, प्रधानमन्त्रीले भने, ‘त्यो अरुलाई गाली गरेर सन्चो मान्ने कुरा जस्तो मात्रै हो।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *