नेपाल कै ११५ बर्षिय जेष्ठ नागरिकको निधन

१२ असोज, पोखरा । सम्भवत नेपालकै जेष्ठ नागरिक धनकुमारी गुरुङको निधन भएको छ । पोखरा महानगरपालिका ३१ पचभैया निवासी १ सय १५ बर्षीया गुरुङको शुक्रबार विहान निधन भएको हो ।

१९६० साल भदौ ७ गते जन्मेकी उनी हाल १ सय १५ वर्ष पुगेको दाबी गरिएको छ ।। उनले जिल्ला प्रशासन कार्यालय कास्कीबाट ३९ नम्बरको नागरिकता लिएकी छन् ।

पनाती पर्ने राजु गुरुङको घरमा बस्दै आएकी धनकुमारीको स्थानीय गुरुङ चिहानडाँडामा अन्तिम संस्कार गरिएको छिमेकी दामोदरभक्त थापाले जानकारी दिए । थापाका अनुसार धनकुमारीले छोराछोरी नभएपछि धर्मपुत्र पालेकी थिइन् ।

सोही धर्मपुत्रका सन्ततिका २ जना पनाती, ४ जना पनातीनी, ११ जना खनाती र खनाती पछिको एक पुस्ता एक जना रहेको थापाले बताए । धनकुमारीका श्रीमानको भने धेरै पहिले मृत्यु भइसकेको छ

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *