३३ सय किलो सुन तस्करी प्रकरण : दुई अभियुक्तलाई थुनामा राख्ने निर्णय उच्च अदातलद्धारा सदर

sf
उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशले थुनामा रहेका दुई अभियुक्तलाई थुनामै राखेर मुद्दा अघि वढाउन आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्धय उमेशराज पौडेल र साधुराम सापकोटाको इजलाशले उनीहरुलाई जिल्लाको आदेश सदर हुने आदेश सुनाएको हो ।
अभियुक्तहरु मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई थुनामा राख्ने आदेश सदर गरेको हो । यसअघि उच्च अदालत विराटनगरको आदेशमा एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसी धरौटीमा रिहा भएका थिए । धरौटीमा छुटे लगत्तै उनीहरुको निलम्बन फुकुवा हुन लागेको छ ।
वुधबार उच्च अदालतमा २० अभियुक्तको निवेदन पेशीमा चढेको थियो । डिआइजी गोविन्द निरौलासहित अन्यको मुद्दा उनीहरुले हटाएका थिए ।
धरौटीमा रिहा भएपछि उनीहरुले निलम्बन फुकुवा हुनेपर्ने माग राख्दै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेका थियो। माघको पहिलो साता साढे ३३ किलो सुन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बाहिरएसँगै गायब पारिएको थियो। सुन बोक्ने भरियाको काम गरेका शाक्यको मोरङको उर्लाबारीका गत फागनु १८ गते हत्या भएको थियो। उक्त घटनाको छानबिन गर्न सरकारले २०७४ चैत २० गते गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो।
साधारण तारेखमा रिहा गर्नुपर्ने माग राख्दै उच्च अदालत विराटनगरमा २७ जनाले निवेदन दिएका थिए। उनीहरुमध्ये ६ जनाको निवेदनमात्र सुनुवाइ भएको छ। अन्य २० निवेदन सुनुवाइ हुने क्रममा छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले ९ प्रहरीसहित ६३ जनाविरूद्ध संगठित अपराध ऐन अनुसार मुद्दा चलाएको थियो। गृह मन्त्रालयद्वारा गठित छानविन समितिले शंका गरेपछि उनी प्रतिवादी बनाइएका थिए।
सुन गायब बनाएको भन्दै मोरङको उर्लाबारी–७ का शाक्यलाई फागुन १८ गते करेण्ट लगाएर हत्या गरिएको थियो। सुन तस्करीका मुख्य अभियुक्त गोरे भन्ने चुडामणी उप्रेतीले शाक्यलाई जंगलमा यातना दिएका थिए। गत माघ ९ गते युएइबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको सुन गायब भएपछि महाशाखाको टोली पछि लागेको थियो।
सरकारी छानविन समितिले हालसम्म सुन फेला पार्न सकेको भने छैन। छानविन समिति हाल निष्कृय छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *