अपहरणमा परेकाे भनिएका डाक्टरले नाटक गरेकाे खुलासा, उनी माथि नै अनुसन्धान सुरु

सिराहा– सिराहाकाे लहानबाट अपहरणमा परेको भनिएका एक चिकित्सकले अपहरणकाे नाटक गरेकाे खुलासा भएकाे छ।

हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादवलाई साँझ अज्ञात समूहले अपहरण गरेको भनिएकाे थियाे। उनी गएराति नै सर्लाहीको नवलपुरबाट उद्दार भएका छन्।

उनलाई अज्ञात समुहले गाडीमा हालेर अपहरण गरेकाे भनि यादवकाे श्रीमतीले प्रहरीसमक्ष बताएकी  थिइन्। । तर, उनी   म २ प ८२८६ नम्बरकाे मोटरसाइकलमा भेटिएका थिए।

यादवले अपहरणको नाटक गरेको हुनसक्ने प्रहरीले अनुमान थियाे।

श्रीमतीसँगको सँगको खटपटको कारण नाटक गरेको हुनसक्ने भन्दै प्रहरीले डाक्टर माथि नै अनुसन्धान सुरु गरेकाे गरेकाे थियाे।

यादवले सुरुमा अपहरण भने पनि पछि अाफुखुसी माेटरबाइकमा गएकाे भनि प्रहरीसमक्ष बताएको सिराहाका एसपी जीवन श्रेष्ठले बताए।

यादवलाई अपहरण गरिएका भनिएका प्रेम बम र यादव दुवैलाई प्रहीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकाे छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *