प्रधानमन्त्री प्रचण्डले उदघाटन गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्।

पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बुद्ध एयरको जहाजलाई पानीको फोहोराले स्वागत गरेको थियो।जहाजबाट आएका प्रधानमन्त्री प्रचण्डलगायतलाई  रातो कार्पेट विच्छाएर फूलमाला र पञ्चकन्याले स्वागत गरेका थिए।

अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडान मात्र हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ। चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको थियो।

पोखरास्थित पुरानो विमानस्थलमा पनि उडान रोकिने छैन। ठूला जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि साना जहाज पुरानो विमानस्थलमा अवतरण गर्न पाउँछन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *