मधेशीलाई नागरिकता दिनुहुँदैन भन्नेहरु रास्ट्रघाती हुन : उपाध्यक्ष मैनाली

ललितपुर – अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले
मधेशी नागरिकलाई नारिकता दिनु रास्ट्रघात हो भन्नेहरु नै असली रास्ट्रघातीहरु भएको आरोप लगाएका छन ।

अखिल(क्रान्तिकारी) नेशनल इन्जिनियरिङ कलेजद्वारा शनिवार ललितपुरको तल्छिखेलमा आयोजीत सम्मेलन तथा पुरस्कार बितरण कार्यक्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाएका हुन ।

हिजो माओवादीले पछि पारिएका वर्ग , लिंग र क्षेत्रको अधिकारको कुरा गर्दा माओवादीलाई समाज भाँडेको आरोप लाउनेहरु र अहिले मधेशका जन्मसिद्ध नागरिकलाई समेत नागरिकता दिन हुन्न भनेर कथित रास्ट्रबादको ढोंग पिट्नेहरु एकै भएको टिप्पणी मैनालीको थियो । मधेशमा बस्ने एउटै देशका नागरिकलाई नागरिकताको स्वभाविक हकबाट बञ्चित गरिनुले पटक पटक मधेश बिद्रोह निम्त्याएको उनको आरोप थियो ।

बन्द शत्र कार्यक्रमलाई सचिवहरु प्रसुन कार्की , नारायण बडाल र संगठन विभाग प्रमुख रोशन थापा मगरले प्रशिक्षण दिनुभएको ११ओैं सम्मेलनले प्रशिद्ध चौलागाईंको अध्यक्षतामा ६५ सदस्सिय कमिटी गठन गरेको बिध्यार्थी नेता प्रमोद श्रेष्ठले जनकारी थिए ।
कार्यक्रममा विभिन्न खेल प्रतियोगिताका बिजयी खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *