प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन समयमै गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ६४औँ संसद् दिवसको अवसरमा बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न भएको उल्लेख गर्दै उनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए। ‘गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रूपले सम्पन्न भइसकेको छ। यसै वर्ष प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ। मुलुकमा लोकतान्त्रिक संसदीय शासन प्रणालीलाई मजबुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण निर्वाह गर्ने विश्वास लिएको छु,’ उनले भने।

प्रधानमन्त्री देउवाले मुलुक दिगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्वसांसदहरूको अनुभव उपयोगी हुने धारणा राखे।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *