ओलीलाई प्रचण्डको चुनौती: अबको चुनावबाट एक्लै प्रधानमन्त्री भएर देखाउनुस्

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्।

शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई कुनै पनि दलको सहयोगबिना प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका हुन्। यसअघि दुबै पटक माओवादी केन्द्रकै वैशाखी टेकेर ओली प्रधानमन्त्री बनेको अध्यक्ष प्रचण्डले बताए।

‘हाम्रो प्रतिपक्षी दलका नेता जसलाई मैले नै सहयोग गरेर माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो उहाँ। एक्लै भएको छु भन्ने ठान्नुभएको छ भने त्यो भ्रम हटाइदिनुस्,’ उनले भने।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *