नेपालले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेल्दै

काठमाडौं – एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । थाइल्याण्ड र नेपाल दुवैले यसलाई एसियन कपको तयारीको रुपमा लिएका छन् । छनोट खेलको समूह ए मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । यस्तै थाइल्याण्डको समूहमा उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।

थाइल्याण्ड र इन्डोनेसिया नजिकका टिम रहेको अनि उनीहरुको लेभल पनि जोर्डन र कुवेत जस्तै रहेकाले नेपालले थाइल्याण्डसँग खेर्ल्न लागेको हो । उता थाइल्याण्ड पनि श्रीलंका र माल्दिभ्सविरुद्ध खेल्नुअघि दक्षिण एसियाकै नेपालसँग खेलेर तयारी गर्न चाहन्छ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बुधबारको प्रि म्याच कन्फ्रेन्समा त्यही भने । उनले एसियन कप छनोटको लागि थाइल्याण्ड विरुद्धको खेल महत्वपूर्ण रहने बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *