अनेमसंघ(क्रान्तिकारी) हेलम्बु गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

हेलम्बु – अखिल नेपाल महिला संघ, क्रान्तिकारी हेलम्बु गाउँपालिकाको प्रथम सम्मेलनले मुना बि. क. को अध्यक्षतामा १५ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।

शनिबार हेलम्बु गाउँपालिकास्थित ग्याल्थुममा अखिल नेपाल महिला संघ, क्रान्तिकारी सिन्धुपाल्चोकको अध्यक्ष अम्बिका नेपालको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष पेमा ह्योल्मो जिल्ला सदस्य लिलाबहादुर जोति, पुर्णिमा ह्योल्मो लगायतको आतिथ्यतामा सम्पन्न पालिकाको प्रथम सम्मेलनले कमिटी गठन गरेको हो ।

सम्मेलनले अध्यक्षमा मुना बिक उपाध्यक्षमा अनिता गिरि, साधना लामिछाने, निर्मला पण्डित सचीव तारादेवी तामाङ सह-सचिव शान्ति तामाङ, पार्वती बिक कोषाध्यक्ष रबिना दंगाल लामिछाने सहित १५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो । अखिल नेपाल महिला संघ, क्रान्तिकारी सिन्धुपाल्चोकले जिल्लाका सबै स्थानीय तहहरुमा संगठन निर्माणलाई तिव्र पारिरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *