माओवादी महाधिवेशन : केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने प्रचण्डको प्रस्ताव

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरू काठमाडौंमा बस्न नपाउने प्रस्ताव अगाडि सारेका छन्।

आठौं महाधिवेशनमा आफूले राखेको राजनीतिक प्रतिवेदनमाथि आएका प्रश्न तथा सुझाव सुनेपछि आज स्पष्टीकरण दिएका अध्यक्ष प्रचण्डले नेताहरू गाउँ जानुपर्ने बताए। ‘अब केन्द्रीय सदस्यले काठमाडौं बस्न पाउने छैनन्, हामी सबै गाउँ जाने हो,’ प्रचण्डले भने।

प्रचण्डको प्रस्ताव पारित भएमा प्रतिनिधि सभा सांसदबाहेक केन्द्रीय सदस्यहरू जिम्मेवारी लिएका क्षेत्र (गाउँ) मै जानुपर्ने हुन सक्छ। साथै प्रचण्डले तीनै तहका निर्वाचनपछि पार्टीले विशेष महाधिवेशन गर्न सक्ने पनि बताएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *