माओवादी महाधिवेशन : प्रतिवेदन माथीको रिपोर्टिङ सकियो, महाधिवेशन लम्बिने

काठमाडौं – नेकपा माओवादी केन्द्रको पुस ११ गतेदेखि सुरु भएको आठौँ महाधिवेशन लम्बिने भएको छ । माओवादी केन्द्रले पुस १५ गते महाधिवेशन सक्ने लक्ष्य लिएपनि बन्दसत्र लम्बिँदा महाधिवेशन नै लम्बिने निश्चित भएको हो ।

तीन दिनदेखि जारी बन्दसत्र अन्तरगत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल गरेर ११ समूहले आफ्नो रिपोर्ट पेश गरेका छन् । यसक्रममा प्रचण्ड विचारपथलाई प्रचण्ड विचारधाराका रुपमा विकसित गरिनुपर्ने सुझाव  आएको छ । यस्तै पार्टीलाई धोका दिएर एमालेलगायतका पार्टीमा लागेका बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न समेत माग उठेको छ ।

प्रतिनिधिहरुले थापालगायतका नेतालाई गद्दार घोषणा गर्न अध्यक्षको दस्तावेजमै उल्लेख गर्नुपर्ने सुझाव समेत दिएका छन् । यस्तै कार्यकारी पदमा एकै व्यक्ति दुई पटक हुन नपाउने, नेताका छोराछोरीलाई सरकारी स्कुलमा पढाइनुपर्ने, भ्रष्टलाई कारबाही गर्नुपर्ने, कार्यकर्ताको मूल्यांकनका लागि वैज्ञानिक विधि अबलम्बन गरिनुपर्ने, समाजवादमा पुग्ने आधारलाई थप प्रष्ट पारिनुपर्ने, चीन र भारतबीचको सम्बन्धबारे थप ब्याख्या गर्नुपर्ने, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे स्पष्ट पार्नुपर्ने, एमसीसी खारेज गर्नेजस्ता सुझावहरु रिपोर्टिङका क्रममा टोली नेताहरूबाट आएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *