माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदनको प्रसंशा, एमसीसीको विरोध

नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा एमसीसीको विरोध भएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन गरेर भएको छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा बुधबार सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका हुन् ।

उनले प्रचण्डको प्रतिवेदनको प्रसंशा गरेपनि केही विषयमा भने थप स्पष्टता चाहिने उल्लेख गरे । एमसीसी संशोधन गरेर पारित गर्नपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको बताउँदै बिडारीले एमसीसी पारित गर्नै नहुने बताए । उनले भने, ‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ ।’उनले पार्टीले कृषि व्यवसायलाई प्रभावकारी बनाइनुपर्ने, जनयुद्धका सहिद, घाइते, अपांगहरुलाई सम्मान र सुरक्षा दिने गरी पार्टीको नीति हुनुपर्ने धारणा राखे । बन्दसत्रमा २५ समूहमा विभाजन गरिएका समूहका टोली नेताहरुले रिर्पोटिङ गर्ने क्रम जारी रहेको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा पहिलो रिर्पोटिङको रुपमा बिडारीले आफ्नो धारणा राखेका हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *