देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं – देशका धेरै स्थानमा आज वर्षा भइरहको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहानैबाट काठमाडौंमा वर्षा भइरहेको छ । “अहिले देशभर वर्षा भइरहेको छ । यो भोलि बिहानसम्म रहन्छ । काठमाडौंमा भने दिउँसो केही समय रोकिएर पुनः पानी पर्न सुरु हुनेछ,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “आज बिहान ६ बजे काठमाडौंको तापक्रम ८.६ डिग्री सेल्सियस रहेको छ । तर, पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्छ ।”

आजराति देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *