ह्योल्मो संघद्वारा बाढी प्रभावित गोल्मादेवी माविका विद्यार्थीहरुलाइ सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित तिम्बुको बाढी प्रभावित गोल्मादेवी माविका विद्यार्थीहरुको लागि नेपाल ह्योल्मो समाजसेवा संघले खाद्यान्न तथा खेलकुद सामग्री वितरण गरेको छ ।

नेपाल ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मोको नेतृत्वमा ह्योल्मो समाजसेवा संघको तर्फबाट विद्यालयका छात्रावासमा बस्ने विद्यार्थीहरुको लागि २० बोरा चामल, ५ सिलिन्डर ग्यास, दाल, तेल, नुन र खेलकुद सामग्री विद्यालयका प्रधानाध्यापक ओम प्रकाश ढुंगानालाई हस्तान्तरण गरिएको हो ।

खाद्यान्न वितरण कार्यक्रममा नेपाल ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मोले बाढीबाट प्रभावित गोल्मादेवीको छात्रावासमा रहेका विद्यार्थीहरुलाइ समस्या परेकाले ह्योल्मो संघको तर्फबाट समस्या समाधानका लागि सहयोग गरेको बताउनुभयो ।

त्यस्तै संघको केन्द्रिय सदस्य पुर्णिमा ह्योल्मोले दुख र अभावमा परेकाहरुको उद्दारको लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । सहयोग वितरण कार्यक्रममा ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मो, सचीव पासङ दोर्जे ह्योल्मो, कोषाध्यक्ष नुर्पु डोल्मा ह्योल्मो केन्द्रिय सदस्य पुर्णिामा ह्योल्मो, गोसेर ह्योल्मो र स्थानीय राजनितिकर्मी प्रेम ह्योल्मो लगायतको उपस्थिति थियो ।

ह्योल्मो समाजसेवा समितिले गत असार १ गते र साउन १७ गते मेलम्ची र इन्द्रावती खोलामा आएको विनाशकारी बाढि पछि त्यस क्षेत्रका पीडितहरुलाइ निरन्तर सहयोग गर्दै आइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *