महिलाहरुको क्षमता विकास गर्न गोकर्णेश्वर वडा नं ७ मा उद्घोषण तालिम सुरु

काठमाडौं – महिलाहरुकालागि क्षमता विकास गर्ने उद्देश्यले गोकर्णेश्वर वडा नं ७ मा उद्घोषण तालिम बुधबारबाट सुरु भएको छ ।

वडा नं ७ को आर्थिक सहयोग तथा संयुक्त महिला समाजको आयोजनामा उद्घोषण तालिम सुरु भएको हो । तालिम १५ दिन सम्म सन्चालन हुने संयुक्त महिला समाजकी अध्यक्ष गीता कट्टेल केसीले बताउनु भयो ।

तालिममा एक दशकको पत्रकारिताको अनुभव बोकेका प्रसन्न ढुंगाना प्रशिक्षकको रूपमा हुनुहुन्छ्। कार्यक्रमको उद्घाटन सत्रमा उहाँले कुनै पनि कार्यक्रममा उद्घोषकको भुमिका महत्वपुर्णहुने भन्दै वर्तमान समयमा उद्घोषकको अभाव हुन थालेको उल्लेख गर्नु भयो। यो अभावलाई पूर्ति गर्न यो प्रकारको तालिम विभिन्न ठाउँमा हुन पर्नेमा प्रशिक्षक ढुङ्गानाको जोड छ।

कार्यक्रममा गोकर्णेश्वर वडा नं ७ का महिला सँगै अन्य वडाको महिलागरी ४० जनाको सहभागिता छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *