पार्टीका युवा नेतालाई देउवाको सुझाव : अर्ति भनेको बुढापाकाको सुन्नुपर्छ क्या! बुढापाकालाई अर्ति दिने होइन

काठमाडौं – पार्टीको महाधिवेशन नजिकिएका बेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा आज एकै मञ्चमा देखिए।

सभापति देउवालाई महत र शर्माले केही विषयमा सुझावसमेत दिएका थिए। शर्माले एकै व्यक्ति लामो समयसम्म पदमा बस्न नहुनेमा जोड दिए भने महतले सभापति देउवाले निर्णय गर्न नसक्ने भन्दै कमजोरीको पाटो  केलाएका थिए।

महत र शर्माका कुरा ध्यान दिएर सुनेका देउवाले आफ्नो सम्बोधनका क्रममा: पार्टीको नेता हुने तयारी गरिरहेका महत र शर्मालाई छिटो निर्णय गरेर नफस्न पनि आग्रह गरेका थिए। ‘छिटो निर्णय गर्दा फस्नुहोला,’ उनले भने, ‘नेता हुने इच्छा तपाईंहरूको छ। भविष्यमा तपाईंहरू सफल हुनुस् भन्ने मेरो सद्भाव पनि छ। शुभकामना पनि छ।’

महत र शर्मालाई सभापति देउवाले बुढापाकाका कुरा र अर्ति सुन्न पनि आग्रह गरेका थिए। ‘अर्ति भनेको बुढापाकाको सुन्नुपर्छ क्या! बुढापाकालाई अर्ति दिने होइन, सुन्ने हो। हतार नगर्नुस् समय आउँछ,’ देउवाले भने, ‘सुवर्णशम्शेर, बिपी, गणेशमान र किसुनजीहरूले हतार गर्नुभएन। तपाईंहरूको पनि समय आउँछ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *