माओवादी केन्द्र त्रिपुरासुन्दरी काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलन सम्पन्न

काठमाडौं – नेकपा माओवादी केन्द्र त्रिपुरासुन्दरी काठमाडौं सम्पर्क समन्वय समितिको भेला सम्पन्न भएको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज कृष्ण प्रसाद सापकोटा (देशबन्धु) को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पार्टीका केन्द्रिय सदस्य माधव सापकोटा (सुबोध) बागमती प्रदेश सचिवालय सदस्य तथा स्कुलिङ विभाग प्रमुख सरल सहयात्री पौडेल, बागमती प्रदेश सदस्य अमृता नेपाल, नेताहरू विष्णु कुमार श्रेष्ठ, वाइसीएल नेपाल केन्द्रिय कार्यलय सदस्य ज्ञानेन्द्र बहादुर गुरुङ लगायतका नेताहरुले सम्बोधन गरेका थिए । भेलामा उपत्यकामा विभिन्न पेसा व्यावसाय गरि बसोबास गर्ने सिन्धुपाल्चोकको त्रीपुराशुन्दरी गाउँपालिका का नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।

भेलाले देवराज बस्नेत इन्चार्ज, गोपाल राउत र वसन्त थामी सह-इन्चार्ज रहनेगरी बेल बहादुर श्रेष्ठको अध्यक्षतामा सचीव निर्मल खत्री सहित ३५ सदस्यीय कमिटी र सविन घले इन्चार्ज रहनेगरी विकास श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय वाइसीएल त्रीपुराशुन्दरी काठमाडौ सम्पर्क समन्वय समिति समेत निर्माण गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *