युवा नेता जितेन्द्र पुनको पहलमा रोल्पाका पाँच विद्यालयलाइ शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं – योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रिय कार्यालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष जितेन्द्र पुनको पहलमा रोल्पाको परिवर्तन गाउँपालिका स्थित ५ वटा विद्यालयमा शैक्षिक तथा स्वास्थ सामग्री वितरण गरिएको छ ।

चाइना फाउन्डेसन र राष्ट्रिय पुनःस्थापना समाज नेपालको सहकार्यमा जनता मा बि, नेपाल राष्ट्रिय मा बि, बालकल्याण मा बि, बालकल्याण आधारभूत विद्यालय र जनकल्याण मा बि का एक हजार पचपन्न जना विद्यार्थीलाई स्कुल ब्याग, स्टेसनरी सामग्री, हाइजिन कीट लगायतका सामग्री स्थानीय जनप्रतिनिधि, चाइना फाउन्डेसनका प्रतिनिधि कबित कुमार नेपाली , शिक्षक अभिभावक तथा राजनीतिक पार्टीका प्रतिनिधिहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जितेन्द्र पुनले सानो सहयोगले पनि विद्यार्थीहरुको शिक्षामा महत्त्वपूर्ण योगदान पुग्ने र हौसला समेत बढ्ने भएकाले शिक्षा क्षेत्र त्यसमा पनि गरिब तथा जेहेन्दार बालबालिकाको शिक्षाका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *