राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले  राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको जानकारी दिए ।
‘अध्यादेश जारी भइसकेको छ, अब यो राजपत्रमा छपाउन पठाइन्छ’, उनले भने। राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।

सरकारले अध्यादेश जारी गरेपछि त्यसको विरोध भएको थियो भने राष्ट्रपतिले विवादित अध्यादेश जारी गर्न नहुने आवाज समेत उठेको थियो । तर, राष्ट्रपति सरकारले सिफारिस गरेपछि प्रक्रियाअनुसार जानुपर्ने निष्कर्षका साथ अध्यादेश जारी गर्ने निर्णयमा पुगेकी थिइन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *