सिन्धुपाल्चोकमा अखिल क्रान्तिकारीको संगठन अभियान तिव्र, बलेफिमा सृजना पौडेलको अध्यक्षतामा कमिटी गठन

सिन्धुपाल्चोक – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बलेफी गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएकाे छ ।

सम्मेलनमा बलेफी गाउँपालिका का इन्चार्ज मिलन सुबेदीको अध्यक्षतामा माओवादी केन्द्रका बाग्मती प्रदेश सदस्य अमृता नेपालको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य रञ्जित आचर्यको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्मेलनले बलेफीका सृजना पाैडेलको अध्यक्षतामा २९ सदस्यीय पालिका समिति निर्वाचित गरेको छ । नव निर्वाचित  समितिको उपाध्यक्षमा छिरिङ तामाङ,सचिवमा सबिना विश्वकर्मा, सहसचिव समिर श्रेष्ठ र समिर तिमल्सिना, कोषाध्यक्षमा अनिल रोका लगायत २९ सदस्य रहेका छन् ।

गुणस्तरीय र व्यावहारिक शिक्षा प्राप्तिका लागि अखिल क्रान्तिकारी सदैब संघर्षको अग्र मोर्चामा रहने केन्द्रिय सदस्य रञ्जित आचार्यले मेगाखबरलाई बताए ।

अखिल (क्रान्तिकारी) बलेफि गाँउपालिका संयोजक प्रदिप पराजुलीले संचालन गरेको कार्यक्रममा माओवादी केन्द्रका बाग्मती प्रदेश सदस्य अमृता नेपाल प्रमुख आतिथ्यता,अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य रञ्जित आचार्यको विशेष आतिथ्यतामा बलेफी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष चित्र बहादुर तामाङ, अखिल (क्रान्तिकारी) जिल्ला सह-सचिव हरि पाैडेल, सचिवालय सदस्य कोदोङ तामाङ, जिल्ला सदस्य पालिकाको य्क्ल् का नेताहरू र बलेफी गाउँपालिका भरिका विद्यालय कलेज को विद्यार्थी प्रतिनिधिहरूको सहभागिता मा कार्यक्रम सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेको सबै गाँउपालिका र नगरपालिकामा जिल्लाबाट तोकिएकै मितिमा सम्मेलन सक्ने गरि काम भैरहेको अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको सहसचिव हरि पौडेलले जानकारी  दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *