हस्पिटलको बेडबाट ब्लड क्यान्सर पीडित सम्झनाको अपिल, म बाँच्न चाहान्छु बचाउँनुस

सिन्धुपाल्चोक – हेलम्बु-४ का विकल लामिछानेलाई यतिबेला एकपछि अर्को बज्रपात आइलाकेको छ। श्रीमतीको उपचारको चिन्तामा रहेका विकल एकातिर हेलम्बु बाढीका कारण विस्थापित भएका छन् भने अर्कातिर बुबाको मृगौलामा समस्या आएपछि झनै संकटमा परेका छन्।

ब्लड क्यान्सरका कारण छ महिनादेखि जिवन मृत्युसंग लडिरहेकी हेलम्बु गाउँपालिका-४ बस्ने सम्झना धिमाल लामिछानेको जीवनरक्षाको लागि सहयोग अपिल गरिएको छ। ६ महिनादेखि सिभिल हस्पिटलको बेडमा जीवनरमृत्युुसंग लडिरहेकी सम्झनाको उपचार आफ्नो बलबुताले नभ्याउने भएपछि उनका श्रीमान् बिकल लामिछानेले सहयोगको लागि अपिल गरेका हुन्।

ब्लड क्यान्सरसँग लड्दै गरेकी सम्झनाको अचानक बोन म्यारो प्रत्यारोपण गर्नु पर्ने भएको र बोन म्यारो प्रत्यारोपणका लागि ३० लाख भन्दा बढि रकमको आवश्यकता पर्ने भएकाले पति विकलले सहयोगका लागि अपिल गरेका छन्। हालसम्म १ लाख २ हजार सहयोग रकम संकलन भएको सम्झना बचाउ अभियानका अभियन्ता कविराज लामिछानेले जानकारी दिए।

सहयोग गर्न इच्छुकहरुको लागि क्यान्सर पिडित सम्झना धिमालको नाममा मेगा बैंक जोरपाटी शाखामा रहेको खाता नं १९९००५००१८९६८ मा रकम जम्मा गर्न सकिने छ। सहयोगिहरुको सहजताको लागि इसेवामार्फत् ९९८६०९६०३७५ सम्झना धिमाल लामिछानेमा समेत पैसा जम्मा गर्न सकिने परिवारश्रोतले जानकारी दिएको छ। थप जानकारीको लागि पिडितका श्रीमान् विकल लामिछाने ९९८५११९३७०७० र सम्झना बचाउ अधियानका अभियान कविराज लामिछाने ९९८६०९६०३७५० संग सम्पर्क गर्न सक्नुहुने छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *