फोटोन मोटर्सको साखा अब नेपालगन्ज र बुटवलमा

काठमाडौं – एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.ले आफ्नो नयाँ साखाहरु नेपालगन्ज र बुटवलमा विस्तार गरेको छ ।पछिल्लो समय कमर्सियल गाडीको छेत्रमा आक्रामक बजार विस्तार गरिरएको फोटोन मोटर्सले नेपालगन्ज र बुटवलमा साखाहरु विस्तार गरेको हो ।
नयाँ साखाहरु बाट फोटोन ब्रान्डका कमर्सियल गाडीहरुको जानकारी लिन, टेस्ट ड्राइभ तथा खरिद गर्न पाइने कम्पनीका सेल्स हेड नबिन आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार यहाँबाट सेवाग्राहीले फोटोन गाडीका जेनुइन पार्टस्हरु पाइनुका साथै पार्टस् सम्बन्धि सम्पूर्ण जानकारीहरु र आफूलाई आवश्यक पार्टसहरुको अवलोकन गर्न सकिन्छ । त्यति मात्र नभएर फोटोन गाडी बनाउँदा कहाँ र कुन म्याक्यानिक उपयुक्त हुन्छ त्यसको बारेमा पनि सल्लाह सुझाव दिने गर्दछ । साथै देशका अन्य विभिन्न स्थानमा पनि आफ्नो साखा छिटै खुल्ने उहाँले जानकारी दिनु भयो ।
नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि.ले फोटोन ब्रान्डका पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६-सिट क्षमताको भ्यान भ्यु सीएस२ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ । यसका साथै एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि.ले छिट्टै फोटोन ब्रान्डका अन्य गाडीहरु भित्राउने कम्पनिले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *