भरत थापाको अध्यक्षतामा हेलम्बु मेलम्ची खोला बाढि पिडित सरोकार समिति गठन

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा गएको विनाशकारी बाढी बाट प्रभावित हेलम्बुका स्थानीयहरुले भरत थापाको अध्यक्षतामा मिङमार शेर्पा उपाध्यक्ष र अर्जुन भण्डारी सचिव रहनेगरि हेलम्बु मेलम्ची खोला बाढि पिडित सरोकार समिति गठन गरेका छन् ।

बाढी प्रभावित हेलम्बु क्षेत्रको पुनर्निर्माण तथा प्रभावितलाई उद्दार तथा पुनःस्थापीत गर्दै क्षति भएका पुर्नसंरचनालाई उठाउनका लागि संघर्ष तथा सम्बन्धित निकायसँग समन्वय गर्न सर्बपक्षिय समिती गठन गरिएको अध्यक्ष थापाले ग्लोबल खबरसँग बताउनुभयो ।

गत असार १ गते मेलम्ची खोलामा आएको विनाशकारी बाढी र त्यसपछिको निरन्तर कटानले हेलम्बु क्षेत्रका ९० परिवार पुर्ण रूपमा विस्थापित भएका छन् भने करोडौंको क्षति भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *