विर्तामोडका खोप तस्करलाई कार्वाही गर्न माओवादी केन्द्रको माग

विर्तामोड – झापाको विर्तामोड नगरपालिकामा खोप तस्करी गर्ने माथि कडा कार्वाही गर्न नेकपा (माओवादी केन्द्र ) नगर समितिले माग गरेको छ। शुक्रबार विर्तामोड नगरपालिकाको एक निजी होटलमा कोभिड १९ विरुद्धको खोप लुकाइराखेको अवस्थामा नगरपालिकाका कोभिड फोकल पर्सन पक्राउ परेका थिए।

नेकपा (माओवादी केन्द्र ) का विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ -‘ घटनाको निष्पक्ष छानबिन गरि दोषि उपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न विर्तामोड नगरपालिका समक्ष जोडदार माग गर्दछौँ ।’

मिति २०७८-०४-१५ गते बिर्तामोड स्थित एक होटलमा बिर्तामोड नगरपालिकाका कोभिड -१९ फोकल पर्सन खोप सहित संदिग्ध रुपमा पक्राउ पर्नुले नगरपालिका नागरिकको स्वास्थ्यको मामिलामा अत्यन्तै गैरजिम्मेवार रहेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

माओवादी केन्द्रले यसअघि अस्पतालको ठेक्का प्रक्रियामा समेत अनियमिततामा संलग्न भनिएको व्यक्ति पुन : यस खालको गतिबिधिमा संलग्न देखिएकोमा कडा आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ -‘ कतै सिङ्गो स्थानीय सरकार नै संगठित रुपमा यस्ता अनियमितता र कुकर्मको संरक्षणमा त छैन ? भन्ने गम्भीर प्रश्न खडा भएको छ।’

विज्ञप्तिमा घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र बिभिन्न बहानाबाजीमा आसेपासेको संरक्षण गर्ने प्रबृत्तिको विरुद्धमा जनदबाब सृजना गर्न, खबरदारी गर्न र जागै बस्न सम्पुर्ण नगरबासीलाई अपिल गरिएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *