महाधिवेशन एक दिन पनि सर्दैन : सभापति देउवा

काठमाडौं – नेपाली  काँग्रेसको  १४औँ  महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै  हुने  भएको  छ  । क्रियाशील  सदस्यको  विवाद  ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो पार्टीलाई महाधिवेशनमा लगाउने निष्कर्ष पनि निकालेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भदौमा तोकिएको महाधिवेशन एक दिन पनि नसर्ने स्पष्ट पार्नुभएको छ । काँग्रेसको  १४औँ  महाधिवेशन  आगामी  भदौको  १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने तय यसअघि नै भइसकेको छ ।

बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, महाधिवेशन निर्धारित  कार्यतालिकाअनुसार  नै  हुन्छ,  निर्वाचन  निर्देशिकामा रहेका व्यवधानलाई समाधान गर्न एउटा समिति गठन भएको छ । त्यसले सबै कुराको अध्ययन गरेर समाधान खोज्ने छ ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *