बाढीको क्षतिले आवतजावत रोकिएको जुगलमा माओवादी केन्द्रले पुर्यायो तुइन

सिन्धुपाल्चोक – जुगल गाउँपालिका ३ नेसम खोलामा माओबादी केन्द्रका नेता कार्यकर्ता लगायतको टीमले तत्कालको लागि तुईन राख्ने कार्य तिब्र गतिमा निर्माण भएको छ। गत असार १ गते आएको बाढिकोको कारण जुगल गाउँपालिका वडा न ३ मा स्थित नेशम खोलामा रहेको झोलुङ्गे पुल बगाएको हो।

स्थानीयलाई आवातजावतमा समस्या परेको सर्बबिबिधै छ। यहि समस्या समाधान गर्नुपर्ने हेतुले माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला र जुगल गाउँपालिका पार्टी नेता तथा कार्यकर्ताले रकम सङ्कलन गरि तुइन किन्ने, बेश बनाउने र तुइन नेशम खोला सम्म पुर्याएका छन्।

सरकारी स्तर बाटै सम्पादन हुनुपर्नेमा स्थानीय सरकारको बेवास्ताको कारण माओवादी केन्द्रले तुइन बनाउने कार्य गरेको र अबको ७ दिन भित्र तुइनबाट आवतजावत गर्न सकिने माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव सापकोटा सुबोधले बताउँनु भएको छ।

यस कार्यमा नेता सुबोध सगै, पालिका इन्चार्ज आक्रोश, अध्यक्ष रेशम स्याङ्बो, वाइसीएल जिल्ला अध्यक्ष सबिन, नेताहरु जल बहादुर तामाङ,आकाश तामाङ सानू तामाङ सानुकान्छा तामाङ, बिस्व तामाङ, गंगालाल तामाङ विद्यार्थी नेता,रन्जित आचार्य, इन्जिनियर चेत नाथ नेपाल पत्रकार दुर्गा श्रेष्ठ लगायतको टोलिकाे उपथितिरहेको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *