एमाले अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच भेट

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता भएको छ ।

सुरक्षा स्रोतका अनुसार नेता नेपाल बुधबार साँझ सात बजे होटल मेरियटमा पुगेका थिए । नेता नेपाल पुगेको केहीबेरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि मेरियटमा पुगेका थिए ।

पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । यसअघि आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । त्यसका लागि ओली र नेता नेपालबीच भेटवार्ता गर्ने नेताहरुले बताएका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *