कोरोना पीडितका लागि नेपाली नारी समाज पोर्चुगलको साढे चार लाख सहयोग

पोर्चुल – पोर्चुगलस्थित नेपाली नारी समाजद्धारा संकलित रकम कोरोना संक्रमितको उपचारका लागि पठाइएको छ । समाजले चार लाख ५६ हजार सात सय उनान्नब्बे रुपैयाँ रवि लामिछाने फाउण्डेशनलाई हस्तान्तरण गरेको हो ।

कोरोना पीडितका लागि आवश्यक अक्सिजन लगायतका स्वास्थ्य सामाग्री खरिदका लागि सो रकम पठाइएको समाजकी अध्यक्ष सीता श्रेष्ठ शिवानीले जानकारी दिनुभयो । उहाले संकलित रकमले कोरोनाबाट पीडित अति विपन्न वर्गको उपचारका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै समाजकी सचीव मोनिका भुसालले आफ्नो देशका नागरिक दुखमा पर्दा टुलुटुलु हेरर बस्न नहुने भन्दै सहयोग रकमले संकटमा परेकाहरूको पिडा कम गर्न केहि सहयोग पुगोस् भनेर सहयोग संकलन गरेर हस्तान्तरण गरेको बताउनुभयो ।

सहयोग रकम मंगलबार सिर्जना बुर्लाकोटीले पत्रकार रवि लामिछानेलाई हस्तान्तरण गर्नुभएको हो । समाजले यसअघि पनि फाउण्डेनलाई सहयोग गरेको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *