‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’

काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । मंगलबार राजधानीमा आयोजित आफूपक्षीय विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्वोधन गर्ने नेता नेपालले आफूहरु सक्कली एमाले भएको बताउँदै भने, नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन । केपी ओली बीमाले हुन्, सीमाले हुन् । उनले यो पार्टी छोडेर गए हुन्छ ।

आफूहरु ओलीको टाङमुनि नछिर्ने बताउँदै नेता नेपालले ओलीको आन्द्राभुँडी सबै थाहा भएको बताए । उनले ओलीलाई चुनौती दिँदै भने, केपी ओली सुरुदेखि गुटबन्दीमा लाग्दै आएका मान्छे हुन् । केपी ओलीका आन्द्राभुँडी सबै थाहा छ, धेरै फूर्ति नलगाए हुन्छ ।’

केपी ओलीले अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधे पनि नेता नेपालको मंगलबारको प्रस्तुती ओलीप्रति थप आक्रामक देखिएको थियो । उनले प्रधानमन्त्री ओलीलाई हाँक दिँदै भने, ‘हिम्मत छ निकाल्ने ? निकाल्नुस् त । सहेर बसिन्छ ?’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *