झलनाथको अध्यक्षतामा खनाल-नेपाल समुहको राष्ट्रिय भेला सुरु

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता सुरु भएकाे छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको  छलफलपछि भेला सुरु भएकाे हाे । 

ललितपुरकाे सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएकाे भेला भाेलिसम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई  पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएकाे छ ।
ओली पक्षले खनाल नेपाल पक्षकाे भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेकाे छ । बैठककाे अध्यक्ष नेता खनालले गरेका छन् । भेलामा दस वटा समूह बनाइएकाे छ । यसैगरी कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *