राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा खनाल–नेपाल नजाने, प्रचण्ड जाने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्हका लागि बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री द्वय झलनाथ खनाल र माधवकुमार नेपाल अनुपस्थित हुने भएका छन् ।

राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु समेतलाई सर्वदलीय बैठकमा बोलाएकी छन् ।नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले चैत ४ र ५ गते आफूपक्षीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएकाले त्यसकै तयारीमा व्यस्त भएर सर्वदलीय बैठकमा सहभागी हुन नसक्ने जनाएका छन् ।

‘चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको छ, त्यसमा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्नुपर्ने हुन्छ,’  नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले भने , ‘त्यसको तयारी गर्नुपर्ने भएकाले सर्वदलीय बैठकमा सहभागी हुन नसकिने भएको हो ।’ अर्का नेता झलनाथ खनाल पनि अगुवा कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकाले सर्वदलीय बैठकमा नजाने बताए ।

यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल भने जाने भएका छन् । नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू र अध्यक्ष प्रचण्ड बैठकमा सहभागी हुने बताए । यसैबीच जसपा नेपाल पनि बैठकमा सहभागी हुने भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *