नेपाल मगर संघ गोकर्णेश्वर नगर समितिले धुमधामसँग मनायो मगर दिवस

काठ्माण्डौं– नेपाल मगर संघ गोकर्णेश्वर नगर समितिले नेपाल मगर संघको ३९ औं “मगर राष्ट्रिय स्थापना दिवस” तथा “चिन्डिके डुप्के” भव्य कार्यक्रम को साथ जोरपाटीमा सम्पन्न गरेको छ।

नगर समितिको अध्यक्ष नवराज राना मगर को अध्यक्षता र नेपाल मगर संघ काठमाडौं जिल्ला समितिको अध्यक्ष डब बहादुर गर्बुजा पुन मगरको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले मगरहरुको इतिहास र नेपाल मगर संघ को स्थापना काल देखि मगरहरुले गर्दै आएको गतिविधि को बारेमा वर्णन गर्दै आफ्नो भाषा, धर्म, संस्कृति र रितिरिवाज लाई संरक्षण गर्न जुनसुकै मूल्य चुकाउन पनि तयार रहनुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी अध्यक्ष रानाले मगर एकता दिवस को अवसरमा सम्पूर्ण मगरहरुलाई शुभकामना व्यक्त गर्दै मगर हरु सोझा जात भएकोले नेपाल एकिकरण देखि नेपालको लोकतन्त्र गणतन्त्र स्थापित गर्दा सम्म हाम्रो हजारौं लाखौं मगर पुर्खा हरुले वलिदान र योगदान दिएको तर राज्यले अझैपनि मगरहरुलाई अवहेलाना गरिरहेकाले सम्पुर्ण छरिएर रहेको मगरहरु एकीकृत भइ समृद्धि र उन्नतिको बाटोमा लाग्नुपर्ने बताए । कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण कुमार मगर, संरक्षक तथा निवर्तमान अध्यक्ष रविना लुङ्गेली मगर , सल्लाहकार अमृत पुलामि मगर , छत्र बहादुर बुढाथोकी मगर र महासचिव कृष्ण पूर्वछाने मगरले मन्तव्य राखेका थिए भने कार्यक्रम संञ्चालन संघका सचिव सुन्दर बलाम्पाकी मगरले गरेका थिए ।

कार्यक्रममा विभिन्न मगर संघसंस्था र मगर गुठिहरु को अध्यक्ष तथा प्रतिनिधिहरु लगायत सयौं मगरहरुको उपस्थिति रहेको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *