देशका मौलिक पर्वहरुको संरक्षण गर्नु सबैको दायित्व हो : सभामुख

काठमाडौ – सभामुख अग्नि प्रसाद सापकोटाले देशका मौलिक चाड पर्वहरुको संरक्षण र सम्वर्द्धन गर्नु सबैको साझा दायित्व भएको  बताएका छन् ।

शुक्रबार सभामुख सापकोटाले एक विज्ञप्ति जारी गरी  तामाङ, शेर्पा, ह्योल्मो लगायतका नेपालका आदिवासी जनजातिहरुको मुख्य पर्व एवं नयाँ वर्ष, ‘२८५७ औं सोनाम ल्होछार’ र ‘२१४८ औं ग्याल्वो लोसार’को शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

उनले विविधतायुक्त जातीय उपस्थिति रहेको नेपालमा सबैको आ–आफ्नै संस्कृति, परम्परा र रितिरिवाज रहेको र मौलिकता बोकेका चाड पर्वहरुले आफ्नै विशेषता र महत्व बोकेका भन्दै  यस्ता पर्वहरु विविधताभित्र देखिने मौलिकताका नमुना भएको उल्लेख गरे ।

बहुजातीय, बहुभाषिक, बहुधार्मीक, बहुसांस्कृतिक देश नेपालमा यसरी मनाइने चाड पर्वले नेपालीबीचको आपसी सहिष्णुता, भातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *