पोर्तुगलमा फुट्यो नेकपा संयोजकमा राजेन्द्र गौतम

लिस्वोन – प्रधानमन्त्री केपी शर्मा ओलीको असबैधानिक संसद बिघटन पछि नेकपा बिभाजन उत्कर्समा पुगेको छ । निर्वाचन आयोगमा दुबै पक्षले आधिकारिकता दावी पेस गरेका छ्न । कुन समुहले बैधानिकता पाउने हुन निर्वाचन आयोगको निर्णयले निर्धारण गर्नेछ ।

पार्टी बिभाजनको लहर प्रबासका समिती सम्म आई पुगेको छ । प्रबास समिती “प्रबासी नेपाली एकता मन्च पोर्चुगल औपचारिक रुपमा बिभाजित भएको छ। फेब्रुअरी 5 मा कमिटीका जेष्ठ सदस्य प्रेमचन्द्र भण्डारीको अध्यक्षतामा बसेको नेपाली एकता मन्च पोर्तुगलको बृहत् भेलाले रिक्त रहेको पद पुर्ती गरेको छ । भेलाले राजेन्द्र गौतम
को संयोजकतामा कमिटी गठन गरेको छ । सहसंयोजकमा क रुपेन्द्र धमला र सह सचीव मा युवराज खनाल लाई सर्वसहमत चयन गर्दै ४५ सदस्य कार्यसमिति पुर्नगठन गरेको छ ।

संयोजक गौतमले भने प्रचण्डमाधव कुमार अध्यक्ष रहेको पाटी आधिकारिक भएको हुदा अन्योलमा नरह साथी हरुलाई अनुरोध गर्दछु । नेपाली समुदायमा परेको समस्या सामुहिक रुपमा पहल गर्दै समाधान गर्न अघि बढ्ने कुरा उनले बताए ।

यस अघि ओली पक्षले गोबिन्द पौडेलको अध्यक्षता रहेको कमिटी घोषण गरिसकेको छ ।

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *