संसद विघटनको विरुद्ध ललितपुरमा अनेरास्ववियू र राष्ट्रिय युवासंघको मसाल जुलुस

ललितपुर – प्रधानमन्त्री केपि ओलिको संसद् विघटनको कदम विरुद्ध अनेरास्ववियू र राष्ट्रिय युवासंघ नेपाल ललितपुरले संयुक्त रूपमा मसाल जुलुस गरेका छन् ।

अनेरास्ववियू नेत्री पंन्चा सिंहको उपस्थितमा भएको प्रदर्शनमा सहभागीहरुले केपी ओलिले सत्ता जोगाउन प्रतिगमनकारी कदम चालेको भन्दै चर्को नाराबाजी गरेका छन् ।

विरोध कार्यक्रममा बोल्दै नेत्री पन्चा सिहंले केपी ओलिले सत्ता र शक्तिका लागि संविधानको मर्म माथि नै प्रहार गरेकाले उक्त प्रतिगमनकारी कदमको विरुद्ध सबै एकताबद्ध भएर लड्नुपर्ने बताइन ।

त्यसैगरी कार्यक्रममा अनेरास्ववियू ललितपुरका संयोजक अमिर खरेलले केपी ओलिको अहंकार र असक्षमताको मुल्य सिंगो देशले चुकाउन नसक्ने भन्दै केपी ओलिको प्रतिगमनकारी कदमले उनको चरित्र जनतासामु उदाङ्गिएको बताए ।

केपी ओलिको पछिल्लो कदमलाई लिएर चौतर्फी आलोचना भइरहेको छ भने आफ्नै कार्यकर्ताले विभिन्न स्थानमा पुत्ला दहन समेत गरिरहेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *