नेकपा सिन्धुपाल्चोकको बैठक सम्पन्न, तामाङलाई कारबाहीको लागि सिफारिस

सिन्धुपाल्चोक – आइतावार चौतारामा वसेकोे नेकपा सिन्धुपाल्चोकको कार्यालय वैठकले असंवैधनिक सरकारको मन्त्री पद स्विकार गरी आन्दोलन, पार्टी र जनताप्रति विश्वासघात र धोका दिदै प्रतिगामी कित्तामा पुुुगेको भन्दै केन्द्रिय सदस्य तथा जिल्ला सचीव दावा तामाङलाई कार्वाहीको लागी केन्दीय कमिटीमा सिफारिस गरेको छ । तामाङको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विचमा रहेको सम्पुर्ण संम्वन्धहरुलाई स्वत भंग गरिएको सो पार्टीले वताएको छ ।

वैठकले संविधान विपरित के. पी शर्मा वलीले चालेको कदमले प्राप्त उपलव्दीहरु नै जोखिममा परेको र संविधान माथिको हमला प्रति नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुपाल्चोक जिल्ला कमिटी घोर भ्रत्सना गरेको छ । असंवैधानिक कदमको दृढतापुर्वक प्रतिरोध गर्दै उपलव्दिहको रक्षाको निमित्त पार्टी केन्दीय कमिटी वाट घोषणा भएका सम्पुर्ण कार्यक्रमहरुमा सक्रियतापुर्वक सहागिता जनाउनको लागि मातहतका सम्पुर्ण पार्टी कमिटी , सदस्य र आम जन समुदायलाई अपिल समेत गरेको छ ।

बैठकले आगामी पुष १४ गते काठमाण्डौमा हुने बृहत विरोध प्रदशनमा सक्रिय सहभागिताको लागि समेत अपिल गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *