तिमिल्सिनालाई राष्ट्रिय सभा अध्यक्षबाट हटाउने तयारी

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई अध्यक्ष पदबाट हटाउने तयारी गरिएको छ। नेकपाको जारी विवाद बढ्दै जाँदा त्यसको निशानामा अध्यक्ष तिमिल्सिना पर्ने भएका हुन्। तिमिल्सिना प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता मानिन्छन्।
हाल राष्ट्रिय सभामा ४( जना सांसद रहेका छन्, जसमा नेपाल कम्युनिस्ट पार्टी नेकपा) का ४) जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सांसद रहेका छन्। नेकपाका ४) जना सांसदमध्ये ओली पक्षलाई २५ जना र प्रचण्ड–नेपाल पक्षलाई २५ जना सांसदले समर्थन गरेका छन्। नेकपाका उपाध्यक्षसमेत रहेका सांसद वामदेव गौतम र बिमला राई पौड्याल अहिलेसम्म बिचमा उभिएका छन्।

नेकपामा ओली पक्षलाई समर्थन गर्ने राष्ट्रिय सभाका २५ सांसदहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सांसदहरु इन्दिरादेवी गौतम, इन्दु कंडरिया, कविता बोगटी, कोमल वली, खिमलाल भट्टराई, गोपाल भट्टराई, चक्रबहादुर स्नेही, तुलसाकुमारी दहाल, दिलकुमारी रावल पार्वती), नरपति लुवार, नैनाकला ओझा, भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राई, बिमला घिमिरे, बिमला राई, शान्तिकुमारी अधिकारी जिसी, शारदादेवी भट्ट, सिंहबहादुर बिक, सुमनराज प्याकुरेल, सुमित्रा बिसी, देवेन्द्र दाहाल रहेका छन्।

प्रचण्ड–नेपाल समूहका २५ जना सांसदहरुमा उपाध्यक्ष शशिकला दाहाल, सांसदहरु दिनानाथ शर्मा, नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, परशुराम मेघी गुरूङ, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, रामनारायण बिडारी, गोपीबहादुर सार्की अछामी, तारामान स्वाँर, गंगा बेल्बासे, जीवन बुढा, हरिराम चौधरी, नन्दा चपाई, महेश कुमार महरा, शेरबहादुर कँवर, खिमबहादुर विक, बिना पोखरेल, ठगेन्द्रप्रकाश पुरी, दीपा गुरुङ, अगम वान्तवा राई, उदया शर्मा पौडेल, चन्द्रबहादुर खड्का र रामलखन चमार रहेका छन्।
त्यसैगरि नेपाली कांग्रेसका सांसदहरुमा अनिता देवकोटा, जितेन्द्र नारायण देव, तारादेवी भट्ट, प्रकाश पन्थ, रमेशजंग रायमाझी, राधेश्याम अधिकारी र जनता समाजवादीका सांसदहरुमा प्रमिला कुमारी, मृगेन्द्रकुमार सिंह यादव, शेखरकुमार सिंह रहेका छन्।
प्रचण्ड–नेपाल समूहका २५, नेपाली कांग्रेसका ६ र जनता समाजवादीका ३ सांसद मिल्दा ३३ जना हुन आउँछ। संविधानको धारा (२ को उपधारा ६ मा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको बर्खास्तीसम्बन्धी व्यवस्था गरिएको छ। उपधारा ६ को ग) मा निजले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव राष्ट्रिय सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाई बहुमतबाट पारित भएमा अध्यक्ष वा उपाध्यक्ष पदमुक्त हुनेछन् भनिएको छ। उल्लेखित प्रावधानका आधारमा तिमिल्सिनालाई पहिलो चरणमै हटाउन भने सकिँदैन। तर, संविधानको धारा (२ को उपधारा ७ अनुसार अध्यक्षले पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता भएपछि उनी क्रियाशील हुन पाउने छैनन्। यही दफाका आधारमा राष्ट्रिय सभाका सांसदहरुले तिमिल्सिनालाई निलम्बन गर्ने तयारी गरेका हुन्।
तिमिल्सिनालाई हटाएर अध्यक्षमा नेकपाकै नेता ल्याउने तयारी गरिएको छ। नेकपाकै नेता अध्यक्षमा ल्याउँदा बहालवाला उपाध्यक्ष शशिकला दाहालको पनि जिम्मेवारी हेरफेर हुनसक्ने राष्ट्रिय सभाका एक सदस्यले बताए। उनका अनुसार राष्ट्रिय सभाको अध्यक्षका हैसियतले कार्यालय सहयोगी र सवारी चालकमा आफैलाई नियुक्त गरेको र राष्ट्रिय सभाको गरिमा कायम राख्न नसकेको अभियोग लगाउने तयारी भएको छ।

तिमिल्सिनामाथि संवैधानिक परिषदको निर्णयहरुबारे गलत सूचना प्रवाह गरेको अभियोगसमेत लागेको छ। अध्यादेशपछि बसेको संविधानिक परिषदको बैठकले संवैधानिक आयोगमा ५४ जनाको सिफारिस गरेकोमा तिमिल्सिनाले सामान्य छलफल मात्र भएको र कुनै निर्णय नभएको भन्दै सार्वजनिक रुपमै गलत सूचना प्रवाह गरेका थिए। व्यवस्थापिकाको मर्यादित ठाउँमा बसेर तिमिल्सिनाले पदीय मर्यादाविपरितको आचरण गरेको पनि सदस्यहरुको अभियोग छ।
यसअघि तिमिल्सिनाले आफ्ना कार्यालय सहयोगी र सवारी चालकहरुको तलव आफै बुझेका थिए। उनले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका थिए। तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेका थिए।

जबकि उनले संसद सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका थिए। ‘अध्यक्ष ज्यूको गाडि अधिकांश समय संसद सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन्। अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ। तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद सचिवालय श्रोतले स्पष्टिकरण दिएको थियो।
अध्यक्ष तिमिल्सिनाले चार जनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसो गरिएको थियो। तिमिल्सिनाले चार जनाको कूल तलब गरेर मासिक ६( हजार एक सय ५) रुपैयाँ बुझ्दै आएका छन्। अध्यक्ष तिमल्सिनाको सचिवालयले भने घरमा खाना पकाउन बस्नेको त नागरिकता नभएको र चालक परिवर्तन भइरहने कारणले चार स्वकीयको खाता नखोलिएको दाबी गरेको थियो

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *