प्रचण्ड–माधव समुहले सूर्य चिन्ह र नेकपा आयोगमा गर्यो दावी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित शुक्रबार आयोग पुगेको सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै सूर्य चिन्ह र नेकपा आफ्नो समुहको रहेको दावी गरेको हो ।

आयोगका पदाधिकारीसँगको छलफलमा अध्यक्ष प्रचण्डले दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्न तयार रहेको बताएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *