खुमलटारबाट बादल भेट्न पुल्चोक पुगे ओलि

काठमाडौँ – नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक पुगेका छन् ।

यसअघि प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । एक घण्टा वार्ता गरेर ओली खुमलटारबाट १२ बजे बाहिरिएका थिए ।

ओली–प्रचण्ड भेटवार्ता भइरहँदा उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए ।  केही समय तीनजना नेताबीच छलफल भएको थियो । भेटवार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *