प्रधानमन्त्री भेट्न बालुवाटारमा चिनियाँ रक्षामन्त्री

काठमाडौं – चिनियाँ रक्षामन्त्री जनरल वेइ फेंग्हे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेपाली सेनाको हेडक्वार्टर जंगी अड्डामा आयोजित छलफल सकेर उनी बालुवाटार पुगेका हुन् ।

आइतबार एकदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापति पूर्णचन्द थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलिसँग शिष्टाचार भेटवार्तापछि फेंग्हेले राष्ट्रपति बिद्याभण्डारीलाई भेट्ने कार्यक्रम तय गरिएको छ । फेंग्हेलाई जंगी अड्डामा नेपाली सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको थियो । चिनियाँ डेलिगेशन टिम र नेपाली सेनाबीच कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम सुचारु गर्नेबारे छलफल भएको छ । पूर्वघोषित चीनको सैन्य सहयोगबारे पनि छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापती पूर्णचन्द्र थापा चीन भ्रमणमा जाँदा चीनले दुई अर्ब ४० कारोड नेपाली रुपैयाँ बराबर आर्थिक सहयोग नेपाली सेनालाई दिने सम्झौता भएको थियो । सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धिको लागि  खर्च गरिने सो रकम चीनले दिन बाँकी छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *