थप ३५१७ जनामा कोरोना पुष्टि, ४ हजार ९६ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *