कोरोना महामारी : सवा ४ करोड संक्रमित, २ करोड ८५ लाख निको

ऎजेन्सी – विश्वभर कोरोना भाइरसबाट सवा ४ करोड बराबर मानिस संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म ४ करोड २१ लाख ४८ हजार ८७५ संक्रमित भइसकेका छन्।

संक्रमितमध्ये ११ लाख ४४ हजार १६५ जनाले ज्यान गुमाएका छन्। त्यस्तै २ करोड ८५ लाख ५२ हजार ४२० निको भइसकेका छन्।

कोरोनाबाट अमेरिकामा सबभन्दा बढी ८४ लाख ९२ हजार ५६९ संक्रमित भइसकेका छन्। जसमध्ये ३३ लाख ७५ हजार ४२७ निको भइसकेका छन् भने २ लाख २३ हजार ९८७ को मृत्यु भइसकेको छ।

अमेरिकापछि भारतमा सबभन्दा बढी संक्रमित रहेका छन्। भारतमा हालसम्म ७८ लाख १४ हजार ६८२ मा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये १ लाख १७ हजार ९५६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ७० लाख १६ हजार ४६ जना निको भइसकेका छन्।

सबभन्दा बढी संक्रमित रहेको सूचीको तेस्रो स्थानमा रहेको ब्राजिलमा ५३ लाख ५३ हजार ६५६ संक्रमित भइसकेका छन्। जसमध्ये ४५ लाख २६ हजार ३९३ निको भइसकेका छन्। त्यस्तै १ लाख ५६ हजार ४७१ को ज्यान गइसकेको छ।

गत वर्षको डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट फैलिएको कोरोनाबाट चीनमा भने हालसम्म ९१ हजार १०८ जना संक्रमित भइसकेका छन्। चीनमा शुक्रबार थप २८ संक्रमित भेटिएका छन्।

संक्रमितमध्ये चीनमा ४ हजार ७३९ ले ज्यान गुमाइसकेका छन्। त्यस्तै ८५ हजार ९५० निको भइसकेका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *