प्रधानमन्त्री ओलिले आज देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज ४ बजेर २५ मिनेटमा देशवासीको नाममा सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ४ बजेर २५ मिनेटमा प्रधानमन्त्रीको सम्बोधन हुने जानकारी दिए । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट हुने उनले बताए ।

प्रधानमन्त्री ओलीले दसैंको अवसरमार शुभकामना दिने र समसामयिक विषयमा आफ्ना धारणा राख्ने बताइएको छ । कोरोना संक्रमणबारे र पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले आफ्ना धारणा राख्ने सम्भावना रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *