च्याम्पियन्स लिग : पहिलो खेलमै रियल म्याड्रिड पराजित

ऎजेन्सी – युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस महारथी क्लब रियल म्याड्रिडले खराब सुरुवात गरेको छ। बुधबार राति भएको समूह ‘बी’ को खेलमा रियल म्याड्रिडलाई युक्रेनको क्लब एफसी शख्तर डोनेट्स्कले ३-२ गोलले पराजित गरेको हो।

रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा डोनेट्स्कले पहिलो हाफमै तीन गोल गरेको थियो। खेलको २९ मिनेटमा कार्डोसो लेमोस मार्टिन्सले पहिलो गोल गरे। उनलाई गोल गर्न कोर्निन्कोले पास उपलब्ध गराएका थिए। ३३ मिनेटमा रियलका राफायल भारानले आफ्नै पोस्टमा बल छिराउँदा डोनेट्स्कको अग्रता दोब्बर भएको थियो। ४२ मिनेटमा सोलोमोनले डोनेट्स्कका लागि तेस्रो गोल गरेका थिए। पहिलो हाफमा ३-० गोलले पछि परेको रियलले दोस्रो हाफ सुरु भएको १४ मिनेट भित्र दुई गोल फर्कायो।

रियलका लागि लुका मोड्रिकले ५४ मिनेटमा पहिलो गोल गर्दा भिनिसियस जुनियरले ५९ मिनेटमा दोस्रो गोल गरे। त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा रियल च्याम्पिन्यस लिगको पहिलो खेलमै पराजित भयो।

समूह ‘बी’ को अर्को खेलमा इटालियन क्लब इन्टर मिलान र जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखबीचको खेल २-२ गोलको बराबरीमा सकिएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *